भिसा कार्डबाट पैसा तिर्नुस्, नगद फिर्ता पाउनुहोस्
तपाई हामी धेरैले किनमेल गर्दा नगदमार्फत नै भुक्तानी गर्छौँ। खल्तीमा डेविट कार्ड भइकन पनि सपिङ गर्न वा रेष्टुरेन्ट जाँदा एटिएमबाट पैसा निकालेर लैजाने गर्छौँ। कार्डबाटै रकम भुक्तानी गर्ने बानी धेरैमा विकास हुन सकेको छैन।
कार्डबाटै भुक्तानी गराउने बानीको विकास गराउने उद्देश्यले विभिन्न बैंकहरुले भिसासँगको सहकार्यमा नगद फिर्ता योजना ल्याएका छन्। १६ बैंकको भिसा कार्डमार्फत पहिलो पटक ५ सय वा सोभन्दा बढ









