‘व्यापार दैनिक ओरालो लाग्दा राजश्वका कर्मचारीले झन दुःख दिए’- नेपालगन्जका व्यवसायी गुनासाे
नेपालगन्ज, भदौं २२ :राजश्व अनुसन्धान विभागका कर्मचारीले अनेक बहाना लगाएर आफुहरुलाई दुःख दिने काम गरेको नेपालगन्जका ब्यापारीले गुनासो गरेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारी समक्ष यहाँका ब्यापारीले यस्तो गुनासो गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले राजश्व अनुसन्धान विभाग र ब्यवसायीबीच बुधबार राखेको अन्तरक्रियामा उपस्थित भएका अधिकांस ब्यापारीले अनेक बहाना लगाएर विभाग









