जमुनाह नाकाको हेल्थ डेक्समा सेना खटियो, नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणमा सघाउँदै
नेपालगन्ज ८ चैत : जमुनाह नाकामा सेना सहितको स्वास्थ्यकर्मीले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परिक्षण गरिरहेका छन् । यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकोमा अहिले नेपाली सेनाका स्वास्थ्यकर्मीले समेत हेल्थ डेक्समा सघाइरहेका छन् ।
भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिन









