भ्रमण वर्ष बिशेष : पश्चिम आउने पर्यटकको पैसा हवाई टिकटमै ठिक्क
नेपालगञ्ज ६ पुस – भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्री योगेश भट्टराईले स्वदेशी तथा बिदेशीका लागि समान वा हाल कायम भन्दा कम हवाई भाडादर लागू गर्ने बताइरहेका छन् ।
त्यसका लागि सरोकारवाला जहाज कम्पनीसंग उनले निरन्तर प्रयास गरेका छन् । तर अझै ठोस निष्कर्ष निस्किएको छैन् ।
यदि बिदेशी पर्यटकका लागि हवाई भाडादर कम भए त्यसले पश्चिम नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।









