तिहारका लागि चर्ती फ्लोराले नेपालगञ्जमा सयपत्री फुल लगाउँदै
नेपालगञ्ज -चर्ती फ्लोरा नेपालगञ्जले तिहारलाई लक्षित गरी सयपत्री फुल लगाउन शुरु गरेको छ । राँझामा ४ कठ्ठा जग्गामा कलकत्ते र दिल्ली भेराईटका आर्कषत्र सयपत्री फुलको बेर्ना लगाउन शुरु गरिएको प्रोपराईटर बिन्दु चर्तीमगरले बताईन । ‘बुटवलबाट बेर्ना ल्याएर लगाउन शुरु गरेका छौं ’– उनले भनिन् ।
तिहारका लागि सयपत्री र अन्य पर्व, महोत्सवका लागि माला र बुकी बिक्री गर्ने उदेश्यले चर्ती फ्लोरा स्थापना गरिएको ह









