बाँकेमा पहिले अपुग हुने सुनको कोटा अहिले विक्री भएन, सिजनमै सुनसान
बाँके -बाँकेका लागि मासिक छ देखि सात किलोग्राम सुनको कोटा छुट्टयाइन्थ्यो । केही दिन अघिसम्म उक्त कोटा सुनचाँदी व्यवसायीका लागि अपुग हुन्थ्यो । विक्री गर्न समस्या थिएन । तर अहिले उक्त कोटा विक्री नभएर सुनचाँदी व्यवसायी हैरान भएका छन् । पसल सुनसान अवस्थामा पुगेका छन् । सुनको मूल्य लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको का









