भद्र सहमतिका बिषयमा होटल सञ्चालकको प्रतिक्रिया–‘कार्यान्वयनमा छ, तोड्नुहुँदैन’
नेपालगञ्ज - अस्वस्थ्य प्रतिस्पर्धा हटाउन बाँकेका तारे होटलबीच भएको भद्र सहमति तोडिएको बिषयमा होटल सञ्चालकहरुले बिभिन्न प्रतिक्रिया दिएका छन् । पाँच तारे होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले ‘भद्र सहमति तोडिएको विषय मनगढन्ते’ भएको दावी गरेका छन् ।
‘कसैले तोडेको छैन’ सामाजिक सञ्जालमा अर्यालको प्रतिक्रिया थियो,–‘हामी हाम्रो व्यवसाय प्रमोसनका लागि परेका छौं ।’ यस्तै होटल व्यवसायी संघ









