पैसा भूक्तानी नगर्ने डिलरलाई कालोसूचीमा राखेर कारवाही गर्ने सिमेन्ट उत्पादन संघको निर्णय
काठमाडौं - सामान बिक्री गरेको पैसानै उठ्न छाडेपछि सिमेन्ट उत्पादक संघले भूक्तानी नदिने डिलरलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। संघले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सिमेन्टको रकम समयमा उद्योगलाई भूक्तानी नगर्ने बिक्रेताको सूचना संकलन गरेर कालोसूचीमा राख्ने जनाएको छ । संघले ती बिक्रेतालाई कुनैपनि उद्योगले सिमेन्ट उपलब्ध नगराउने स्पस्ट पारेको छ ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब थापाका अनुस









