नयाँ कर नीतिको बिरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा
नेपालगञ्ज : साउनबाट लागू हुने कर नीतिको विरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारलाई आज सोमवार ज्ञापनपत्र बुझाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्व कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
संघको कार्यालय त्रिभुवनचोकबाट शुरु भएको बिरोध र्याली बिपीचोक हुँदै आन्तरिक राजश्व कार्यालय र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुगे









