नेपालगन्जका होटलमा स्वदेशी लगानी, भारतीय व्यवस्थापन बढ्दै
नेपालगन्ज १२ असार : नेपालगन्जमा खुलेका स्वदेशी लगानीका तारे होटलमा भारतीय व्यवस्थापनको बर्चश्व हुन थालेको छ । प्रमुख तीन वटा होटलहरु सिग्नेट, कलपत्रु र स्नेहा अहिले भारतीय व्यवस्थापन समूहले सम्हालिरहेका छन् । ख्यातीप्राप्त बिदेशी होटल चेन समूहको रोजाईमा नेपालगन्ज परेपछि आगामी दिनमा यसको संख्या अझ बढ्ने निश्चित छ ।
पश्चिम नेपालको पर्यटन व्यवसायको मुख्य गन्त्व्यका रुपमा रहेको नेपालगन्जमा बिदेशी ह








