‘नेपाली नोट नचल्ने’ गाउँमा बैंक खुलेपछिको उत्साह
बाँके (नरैनापुर)२६ जेठ : बैंक सन्चालनसंगै यहाँका पसल र घरमा नेपाली नोट चल्न थालेका छन् । भारतसंग सीमा जोडिएको नरैनापुर गाउँपालिका सर्वसाधारणले आर्थिक कारोवार गर्दा भारु नोट प्रचलनमा ल्याउने गरेका थिए । सडक जस्ता विकासका पूर्वाधार नहुँदा नरैनापुरका लागि सदरमुकाम नेपालगन्ज धेरै टाडा थियो । सरकारी कामकाजका लागि मात्र सदरमुकाम आउनुपथ्र्यो । अन्य अधिकांस कामका लागि सीमावर्ती भारतीय बजारमै निर्भर हुनुपर









