छर्ने होइन नतिजा दिने बजेट विनियोजन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन
रोल्पा बैशाख १६ । मुख्यमन्त्री शंकर पोखरेलले सन्तुलित विकासमा बजेट खर्च गर्ने गरी प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । उहाँले प्रदेशले पालिका, जिल्ला र निर्वाचन क्षेत्रस्तरमा बजेट विनियोजन गरेर सन्तुलित विकासको मोडल अघि बढाएको बताउनुभयो ।
रोल्पा सदरमुकाम लिवाङमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसंगको अन्तरक्रियामा बोल्दै उहाँले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक पालिक









