पुससम्म प्रदेश ५ मा ३ खर्व ४१ करोड कर्जा लगानी, वाणिज्य बैंकहरुको मात्र साढे दुई खर्व
नेपालगन्ज : नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षको पुष मसान्त सम्मको तथ्याङ्क अनुसार प्रदेश ५ मा रु ३ खर्व बढि कर्जा लगानी गरेका
छन् । वाणिज्य बैंकले २ खर्ब ४१ अर्ब १३ करोड ८८ लाख २९ हजार रुपैयाँ, विकास बैंकहरुले ६३ अर्ब ५२ करोड १६ लाख २९ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ६ अर्ब ६७ करोड २० लाख २८ हजार रुपैयाँ गरी कुल ३ खर्ब ११ अर्ब ३३ करोड २४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् ।









