ब्रेकिङ न्यूज

मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल

   
नेपालगन्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु) ढकालले बताए। तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहे
कजरिया टायलकाे शोरुम कोहलपुरमा

कजरिया टायलकाे शोरुम कोहलपुरमा

   
कोहलपुर बैशाख ५ । भारतको नम्बर एक ब्रान्डको टायल कम्पनी कजरिया ब्रान्डको शो रुम बाकेको कोहलपुरमा खुलेको छ । कोहलपुर हाइस्कुल नजिकै दुर्जया इन्टरनेशनलले करिब एक करोडको लागतमा कजरिया ब्रान्डको टायलको शो रुम संचालनमा ल्याएको हो । करिब साढे १४ सय बर्ग फिट क्षेत्रमा रहेको कजरिया ब्रान्डको शो रुममा सबै साइजका टायलका अतिरिक्त ग्रिनाइट र स्नेटरीका ब्रान्डेड सामाग्रीहरु पनि सुपथ मुल्यमा उपलब्ध हुने
क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने नेपालगन्जबाट पक्राउ

क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने नेपालगन्जबाट पक्राउ

   
नेपालगन्ज । बाँके प्रहरीले क्रिप्टोकरेन्सी मार्फत दैनिक १ करोडको कारोबार गर्ने २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । नेपालगन्ज – ८ भाटभटेनि नजिकैबाट नेपालगन्ज -२० का अमृत कुमार वर्मा र जानकी गाँउ पालिका – १ का रियाज खाँलाई प्रहरीले पक्राउ गरेको हो । वर्मा र खाँ सहितका ब्यक्तीहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सीको कारोबार गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबा
सांग्रिला बैंक र  नेपाल एडभेन्चरबिच बंजीबिच सम्झौता

सांग्रिला बैंक र नेपाल एडभेन्चरबिच बंजीबिच सम्झौता

   
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पोखरास्थित बंजी नेपाल एडभेन्चर प्रा. लि बिच बैंकका ग्राहकलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्
अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

अन्तरबैंक फुटसल प्रतियोगिता हुँदै,यस्ताे छ खेल तालिका

   
बाँके - नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ र नेपाल राष्ट्र बैंक कर्मचारी संघ  नेपालगञ्ज समितिको संयुक्त आयोजनामा बुधबारदेखि  अन्तरबैंक फुटसल शुरु हुँदैछ । बागेश्वरी फुटसल एण्ड स्पोर्टस हबमा हुने प्रतियोगितामा २२ टिम सहभागी हुँदैछन् । वैशाख ५ गतेदेखि ८ गतेसम्म आयोजना हुन  लागेको "अन्तरबैंक फुटसल प्रतियोगिता” काे पहिलो दिन दस टिमकाे खेल हुने नेपाल
खजुरामा पहिलो पटक आयुर्वेद थेरापी

खजुरामा पहिलो पटक आयुर्वेद थेरापी

   
नेपालगन्ज । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति खजुरा स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि खजुरामा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ । बाँकेको खजुरा गाउँपालिका –३काे नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र खजुरा गाउँपालिका प्रमुख किरण खनाले जानकारी दिनुभयो । भवन तथा पञ्चकर्म/ पुर्वकर्म थेरापी सेवा
चिसापानी-राजकाँडा केबलकार निर्माण शुरु

चिसापानी-राजकाँडा केबलकार निर्माण शुरु

   
नेपालगन्ज । कैलालीको चिसापानीदेखि राजकाँडासम्मको जालपादेबी केबलकार आयोजनाको निर्माणको पहिलो चरणको काम सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द ढकालले कैलालीको चिसापानी स्थित आयोजनाको निर्माण स्थलमा पुजापाठ गरेर निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सुदुर पश्चिम क्षेत्रको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका लागि
बाँकेमा राप्ती नदीकाे बाढीले बगाउँछ सीमा स्तम्भ

बाँकेमा राप्ती नदीकाे बाढीले बगाउँछ सीमा स्तम्भ

   
बाँके । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भ बगेका छन् । नेपाल-भारत सीमा पर्ने राप्ती  नदी वरपरका  सीमा  स्तम्भ बगेकाे हुन । यसरी सीमा  स्तम्भ  बगेकाे बिषय नयाँ नभई धेरै पुरानाे हाे । खासमा बाँकेमा नेपाल-भारत सीमा हुँदै राप्ती नदी बग्छ । सोही नदीक्षेत्रमा पर्ने १६ वटा सीमा  स्तम्भ बर्षाै पहिले बाढीले बगाएका हुन । बाढीबाट सीमा  स्तम्भ जाेगाउ दुबै देशलाई चुनौती छ । त्यसबाहेक बाँ
नयाँ बर्षमा काेहलपुर-देउराली साईक्लिङ्ग प्रतियाेगिता हुँदै

नयाँ बर्षमा काेहलपुर-देउराली साईक्लिङ्ग प्रतियाेगिता हुँदै

   
काेहलपुर : नयाँ वर्ष २०८१ काे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय मेयर कप ‘काेहलपुर-देउराली अपहिल साईक्लिङ प्रतियाेगिता’ हुने भएको छ। स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते हुन लागेकाे प्रतियाेगिताकाे तयारी पूरा भएको अध्यक्ष जनक ओलीले बताए । लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुने हुन
सडकको रेलिङ काट्ने विरुद्ध कारबाही

सडकको रेलिङ काट्ने विरुद्ध कारबाही

   
नेपालगन्ज २७ चैत । सडकको रेलिङ काट्ने विरुद्ध नेपालगन्ज उपमहानगरपालिकाले ढिलै भए पनि एक्सनमा उत्रिएको छ । सडकको रेलिङ आफूखुसी काट्नेलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्वाही गर्ने भएको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ-आफ्