गोरखापत्रसंग मुख्यमन्त्री पोखरेलले भने,–‘औद्योगिक विकासमा जोड दिने नीति लिएका छौं ’
युवा नेता शंकर पोखरेल गतवर्ष प्रदेश ५ को प्रदेश सदस्यमा चुनाव लड्न पुग्नुभयो । उहाँको यो निर्णय राष्ट्रिय चर्चाको विषय नै बन्यो । नेपालको वामपन्थी राजनीतिमा नयाँ पुस्ताको क्षमतावान वैचारिक व्यक्तित्व के कारणले संघीय नेतृत्व छाडेर प्रदेशमा उम्मेदवार बन्न पुगेको होला ? उहाँ निर्वाचित हुनुभयो र प्रदेश ५ को मुख्यमन्त्रीमा चुनिनु पनि भयो ।
मुख्यमन्त्री पोखरेल प्रदेश ५ मा के गर्दै हुनुहुन्छ ? प्रदेशको








