बाँकेकाे अम्बे स्टील्सले ९ अर्ब ७५ करोड लगानी थप्दै
काठमाडौं । लुम्बिनी प्रदेशको बाँकेमा रहेको जय अम्बे स्टील्सको ९ अर्ब ७५ करोड रुपैयाँ थप लगानी गरेर क्षमता बृद्धि गर्ने भएको छ ।
हाल वार्षिकरुपमा ४० हजार मेट्रिक टन टिएमटीलगायतको उत्पादन गर्दै आएको कम्पनीले क्षमता थप गर्दै इन्डक्सन फर्नेको प्रयोग गर्ने तयारी गरेको हो ।
कम्पनीले क्षमता बढाएर टिएमटीसँगै जिआई वायर, बाइन्डिङ वायर, गेबियन बक्स, एमएस वायरलगायतका अन्य उत्पादनहरु पनि गर्ने भएको ह