बर्दियामा रु २ अर्ब लागतमा चिनी कारखाना बन्दै
नेपालगन्ज । बर्दियामा पहिलो पटक ठूलो लगानीमा चिनी कारखाना स्थापना हुन लागेको छ । जिल्लाको राजापुर नगरपालिका-५ बदालपुरमा करिब २ अर्बको लगानीमा चिनी कारखाना निर्माणको काम सुरु भएको हो ।
पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुशी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुनेभन्दै किसानले उखु खेती लगाउन थालेका छन् ।
करिब दुई सय बिघा क









