कांग्रेस- जसपा बिवादले ठप्प डुडुवा सरकार
मिसनटुडे दैनिकबाट
नेपालगन्ज - दसैं आउन अब एक हप्ता बाँकी छ । तलबी कर्मचारीहरुका लागि यो समय उत्साहको समय हो । तर बाँकेको डुडुवा गाउँपालिकाको आलेप शाखामा कार्यरत नायब सुब्बा सुजल बस्नेतमा कुनै उत्साह छैन । कारण यसवर्ष गाउँपालिका बजेट र कार्यक्रमविहीन छ । बजेट नआएका कारण गाउँपालिकाले कर्मचारीहरुलाई तलब खुवाउन पाएको छैन । दसैंअघि तलब आउने सम्भावना पनि छैन ।
गाउँपालिकाका कर्मचारीहरु अहिले प्









