सिएको शुल्क किन समयमा आउँदैन ?
सिएको संसारमा अडिट रिपोर्ट, कर विवरण र डेडलाइन भन्दा पनि गाह्रो कुरा एउटा हो — शुल्क समयमा ल्याउने कला।
कसैले भन्छन्, “अहिले हात खाली छ”, तर भर्खरै नयाँ आइफाेन अफिस खर्चमा मिलाइसकेका हुन्छन्। कोहि भावनामा डुबेर “तपाईं त हाम्रो परिवार जस्तै हो” भन्छन्, जसको अर्थ — दाजु–भाइलाई त बिल काटिँदैन नि। रिपोर्ट समयमै बुझाउँदा उल्टै “अब के चाँडो ?” भन्ने प्रतिक्रिया आउँछ। नगद नभएको बहाना गर्नेहरू शनिबार









