नियमित समाचार

उकुसमुकुसमा व्यापारी, कसरी बजार चलायमान बनाउने विषयमा गहन छलफल

उकुसमुकुसमा व्यापारी, कसरी बजार चलायमान बनाउने विषयमा गहन छलफल

   
नेपालगन्ज १९ जेठ :  कोरोना संक्रमण रोक्न लकडाउन लागु गरेको ६९ दिन भयो । सर्वसाधारण आवातजावतमा कडाई गरिएको छ । उद्योग, कलकारखाना एवं अधिकांस व्यापार व्यवसाय ठप्प छ । लडकाउन कहिले खुल्छ भन्ने एकिन छैन । यस्तो अवस्थामा बाँकेका उद्योगी, व्यवसायी उकुसमुकुस बनेका छन् । अब के गर्ने हो भन्ने अन्यौलमा छन् । ऋणको भारी बोकेर व्यापार व्यवसाय चलाएका व्यवसायी सबैभन्दा प्रभावित भएका छन् ।
दुई वर्षको कर तिरे सबै आम्दानी औपचारिक बनाउन पाइने, कसले पाउँछ यो सुविधा ?

दुई वर्षको कर तिरे सबै आम्दानी औपचारिक बनाउन पाइने, कसले पाउँछ यो सुविधा ?

   
काठमाडौं। सरकारले स्थायी लेखा नम्बर (प्यान) मा दर्ता नभई व्यवसाय संचालन गरिरहेका वा आय आर्जन गरिरहेका व्यक्तिलाई छुटको दिएर करको दायरामा ल्याउन खोजेको छ। सरकारले आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ को कर तिरे त्यसअघिका सम्पूर्ण कर माफी दिएर आय आर्जनलाई औपचारिक बनाउने बाटो खुला गरिदिएको हो। यस्ता व्यवसायलाई प्यानमा दर्ता भइ पछिल्ला दुई आर्थिक वर्षको मात्र कर तिरेर व्यवसाय तथा आम्दानीलाई वैधानिक बना
अगैया गाडी दुर्घटना अपटेड : घाइतेहरुको नामावली

अगैया गाडी दुर्घटना अपटेड : घाइतेहरुको नामावली

   
नेपालगन्ज १९ जेठ :  भारतबाट फर्किने नेपालीलाई लिएर सल्यानतर्फ हिंडेको यात्रुबाहक फोर्स गााडी विग्रेर उभिएको ट्रकमा ठोक्किदा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मा आइतबार राती सो फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो । सो दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार व
बाँकेमा कोरोना संक्रमणको ग्राफ : सन्चो हुने दर १२.१६% , मृत्यु ०.५२%

बाँकेमा कोरोना संक्रमणको ग्राफ : सन्चो हुने दर १२.१६% , मृत्यु ०.५२%

   
बाँके १९ जेठ : बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट हो । सबैभन्दा भन्दा धेरै संक्रमित हुने जिल्ला मध्ये पर्ने यहाँ जोखिम उस्तै छ । पछिल्लो एक महिनाको अवधिमा मात्र १ सय ८९ संक्रमित फेला परेका छन् । नरैनापुरका एक २५ वर्षिय युवकको मृत्यु भइसकेको छ । जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार,बाँके जिल्ला २०७७/०१/१९ देखि २०७७/२/१८ गते १ महिना अबधिमा कोभीड -१९ पोजेटिभ क
क्वारेन्टाइनमा वसेका महिलालाई सरसफाइ र महिनावारी स्वच्छता सामग्री

क्वारेन्टाइनमा वसेका महिलालाई सरसफाइ र महिनावारी स्वच्छता सामग्री

   
बर्दिया १८ जेठ : नेपाल रेडक्रस साेसाईटीले क्वारेन्टाइनमा वसेका महिलाहरूलाई सरसफाइ र महिनावारी स्वच्छता सम्बन्धि सामग्री डिग्निटि किट उपलब्ध गराएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरसकाे राेकथाम र नियन्त्रणका लागि बनाईएका क्वारेन्टाइनमा वस्नु भएका महिलाहरूलाई क्वारेन्टाइनमा वस्दा थप समस्या र जटिलता नहाेस भन्ने उद्देश्यले ठाकुरबाबा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा वसिरहन
बाँकेमा थपिए आठ जना संक्रमित

बाँकेमा थपिए आठ जना संक्रमित

   
बाँके १८ जेठ :  बाँकेमा आज आईतवार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै बाँकेमा संक्रमितको संख्या १ सय ८९ पुगेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । नेपालगन्जका ४, नरैनापुरका २, खजुरा १, बैजनाथका १ गरि ८ जना थपिएका हुन । नेपालगन्जका ४ संक्रमित मध्ये वडा नम्बर ४ का २, वडा नम्बर १० र १५ का एक -एक जना ।
घरमै बसिदिन अनुरोध गर्दै सडकमा उत्रिए बाँकेका सिडिओ….

घरमै बसिदिन अनुरोध गर्दै सडकमा उत्रिए बाँकेका सिडिओ….

   
नेपालगन्ज १८ जेठ : कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा लकडाउन कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवांग सडकमा उत्रिएका छन् । लकडाउन उल्लंघन गरेर मानिसहरु सडकमा उत्रिएका बेला प्रमुख जिल्ला अधिकारी उनीहरुलाई सम्झाउन सडकमै उत्रिएका हुन । बाँकेमा कोरोनाका कारण एकजनाको मृत्यु भइसकेको छ । डेढ सय बढि संक्रमित भएका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिडिओको कार्यभार
उपमहानगरले अनुदानका लागि पहल गर्ने, त्रिभुवनचोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने

उपमहानगरले अनुदानका लागि पहल गर्ने, त्रिभुवनचोकमा स्तम्भ बनाएर राष्ट्रिय झण्डा राख्ने

   
नेपालगञ्ज, जेठ १८ । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वजेटमा सम्पूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि सम्पूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो ।
पुर्नस्थापना केन्द्रलाई खाद्यन सहयोग

पुर्नस्थापना केन्द्रलाई खाद्यन सहयोग

   
लागुऔषध तथा पुनःस्थापना केन्द्रमा खाद्यन सहयोग गरिएको छ । रिकभरिंग नेपाल केन्द्रीय समितीको सहयोग एवं रिकभरिंग नेपाल प्रदेश-५ को समन्वयमा कोभिड - १९ को महामारी न्यूनीकरणको लागि लकडाउनको प्रतिकुल समयमा पनि लागुऔषध प्रयोगकर्ताहरू लाई सुधार गरी समाजमा पुनर्स्थापित गर्न लागेका बाँकेका पुर्नस्थापना केन्द्रलाई सहयोग गरिएको हो । चामल ,दाल ,नुन ,खाने तेल ,आलू ,प्याज,साबुन लगायत का विभिन्न खाद्यान्न स