पत्रकार समेत रहेका नासु माथि २१ ठाउँबाट तलव भत्ता लिएको भन्दै मुद्दा
नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ निकायबाट तलब/भत्ता लिएको भन्दै नासुसमेत रहेका एक जना पत्रकारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
रामेछापका टीकाप्रसाद भट्टले २१ ठाउँबाट तलब/भत्ता बुझेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
उनले आर्थिक वर्ष २०४९/०५० देखि आर्थिक वर्ष २०८०/०८१ सम्म एक करोड १५ लाख ४ हजार १११ रुपैयाँ भ्रष्टाचार गरेको आरोप









