‘जग्गा फिर्ता लिने निर्णय हामीले होइन मन्त्रिपरिषदले गरेको हो’-धवल शम्शेर राणा
नेपालगञ्ज, माघ २३ । बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष तथा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपाल सरकारले गठन गरेको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोगको सिफारिसका आधारमा करमोहनाको जग्गा रोक्का भएको भन्दै कुनै भ्रममा नपर्न अपिल गर्नुभएको छ ।
समितिले वागेश्वरी मन्दिरको सम्पत्ति संरक्षणका लागि पहल गरिरहेको भन्दै उहाँले पछिल्लो समय नेपा









