उपमहानगरभित्रै २१ हजार निरक्षर !
कमल डाँगी
बाँके/ जिल्लाका चारवटा पालिका साक्षर घोषणा भइसक्दा सदरमुकाम नेपालगञ्ज उपमहानगरपालिकामा भने अझैपनि करिब २१ हजार व्यक्ति निरक्षर छन् । जनप्रतिनिधी र कर्मचारीको बेवास्थाका कारण जिल्लाको सदरमुकाममा रहेको उपमहानगरमा अक्षर नचिन्नेको संख्या घट्न नसकेको हो । यसले एकातिर उपमहानगरको गरिमालाई घटाएको छ भने अर्कोतिर उपमहानगरले नै लिखित सूचनाका आधारमा दिने गरेको जानकारीहरु निरक्षर व्यक









