महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले महिलामैत्री बस सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै छ वटा बसहरु सन्चालन गर्ने गरी सुविधा सम्पन्न बस सन्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
बस कम्पनीले स्याम्पलका लागि केही बस उपमहानगरपालिकामा ल्याएको छ । प्रवक्ता रिजालका अनुसार महिला सुरक्षालाई ध्यानमा राखेर उपमहानगरपालिका आफैले बस सन्चालन गर्न लागेको हो । यस्