यि बृद्धालाई कस्ले बोकायो २ किलो ८ ग्राम अफिम ?
नेपालगन्ज : आँखामा पावरवाला चश्मा । लौरी टेकेर हिडडुल गर्नुपर्ने अवस्था । कठ्यांग्रीने जाडोमा जिउ ढाक्ने गरी पछ्याउरा ओढेकी । उमेर ५० काटेकी नेपाली बृद्ध महिलालाई नेपालगन्जसंग जोडिएको सीमावर्ती बजार रुपैडियाबाट भारतीय सुरक्षाकर्मीले ठुलो मात्रामा अफिम सहित पक्राउ गरेको छ ।
लागुऔषध सहित नेपालीहरु भारतमा पक्राउ पर्ने कुरा सामान्य जस्तै बनिसकेको छ । तर उमेरले नेटो काटेकी ती बृद्ध महिला पक्राउ








