होटल व्यवसायी संघ, बाँकेको अध्यक्ष उम्मेदवारमा खड्का र डाँगी निश्चित जस्तै
बाँके : पुस ११ गते हुने होटल व्यवसायी संघ बाँकेको अधिवेशनबाट चयन हुने नेतृत्वका लागि उम्मेदवारको नाम लगभग टुंगो लागेको छ । तर यसलाई औपचारिकता दिन भने बाँकी छ । पुस ७ गते हुने भनिएको अधिवेशन ११ गतेका लागि सारिएको छ । त्यसका लागि बामपन्थी निकट व्यवसायीहरुको तर्फबाट रंगराज खड्का उम्मेदवार हुने निश्चित जस्तैे भएको छ । पूर्व एमाले र पूर्व माओवादी पार्टीप्रति आस्था राख्ने अग्रज व्यवसायीहरु सहभागि टिम







