उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अबदेखि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघिको विधानमा महासंघ वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान थियो।
विधानलाई महासंघको कार्य समितिले आज सर्वसम्मत संशोधन गरेसँगै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वा









