भारतका कारण नेपालगन्ज नाकाबाट पर्यटक आउन सकेनन्
नेपालगन्ज । नेपालगन्जमा पर्यटकीय गतिबिधिलाई प्रोत्साहित गर्न दैनिक जसो अनेक कार्यक्रम भइरहन्छन् । तर भारतका कारण यो नाका हुँदै आउने तेस्रो मुलुकका पर्यटकको आगमन कोभिड१९ पछि ठप्प रहेको तथ्यका बारेमा कोही बोल्दैनन् । उक्त बिषय कसैको चासो भित्र परेको छैन् ।
भारतले कोभिडको कारण उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै २०७६ फागुणतिर भारत सरकारले सबै विदेशी नागरिकका लागि भारत आउने भिसा रद्द गरिद








