सांसद दीपा शर्माको पहलमा भेरीमा प्रसुती गृह बन्ने
नेपालगन्ज, ९ माघ । सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेकोछ ।
लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिए









