धनगढीमा जग्गा प्लटिङ गर्न उदाहरणीय मापदण्ड लागू
धनगढी । धनगढी उपमहानगरले ‘जग्गा प्लटिङसम्बन्धी नयाँ कार्यविधि, २०८०’ ल्याएको छ । कार्यविधि यही सोमबार राजपत्रमा प्रकाशित भएसँगै धनगढीमा जग्गा प्लटिङका लागि नयाँ मापदण्ड लागू भएको छ ।
सहरी योजना तथा भवन निर्माण मापदण्ड–२०८०, बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड ‘क’ अनुसार नयाँ क









