नेपालगन्ज नाकाबाट कहालीलाग्दो छ बैदेशिक ब्यापार
बाँके ५ मंसिर । पश्चिम नेपालको प्रमुख भंसार नाका नेपालगन्जबाट हुने बैदेशिक व्यापार बढ्न सकेको छैन । यहाँबाट भारत सहित तेस्रो मुलुकमा निर्यात बृद्धि गर्ने प्रशस्त सम्भावनाको अध्ययन कतैबाट हुन सकेको छैन ।
आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म नेपालगन्ज भंसार नाका हुँदै २१ देशसंग रु १७ अर्व ९३ करोड १३ लाख ८३ हजारको बैदेशिक व्यापार भएको छ । उक्त अवधिमा रु १७ अर्व ४८ करोड ९५ लाख ८७ हजार बराबर









