दसैंसम्म चिनी आयातको परिमाणात्मक बन्देज कायमै
काठमाडौं । आगामी दसैंसम्मका लागि चिनी आयातको परिमाणात्मक बन्देज कायमै रहने भएको छ । अहिले चिनी उद्योगमा दसैंसम्म पुग्ने चिनी भएकाले आयात बन्देज कायमै हुने गरी गृहकार्य भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । लामो समयदेखि चिनीको आयातमा परिमाणात्मक बन्देज भएको र अपुग चिनी आयात गर्नेबारे मन्त्रालयले आधिकारिक निर्णय भने गरेको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार, दसैंसम्म चिनीको आयात नखुल









