
धमाधम लन्च हुँदै फाइभ जी कम्प्याटिबल मोबाइल फोनहरु, कहिलेबाट चल्छ नेपालमा पनि फाइभ जी
काठमाडौं। आगामी पुस्ताको वायरलेस प्रविधिका रुपमा व्याख्या गरिएको फाइभ जी कम्प्याटिबल फोन उत्पादनमा विश्वका प्रायः चर्चित मोबाइल फोन ब्रान्डहरुको ध्यान केन्द्रित छ । सामसुङ, एप्पल, हुवावे, साओमी, वान प्लस लगायतका मोबाइल फोन उत्पादकहरुले फाइभ जी चल्ने अपर रेन्जका सेटहरु बजारमा ल्याइसकेका छन् ।
यससँगै इन्टरनेट सेवा प्रदायकहरु पनि फाइभ जी इन्टरनेट विस्तारमा लागेका छन्, जसले समग्र मोबाइल नेटवर्क