मृगौला पीडित हेमन्तको उपचारका लागि डेढ लाख बढि सहयोग जुट्यो
नेपालगन्ज : दुबै मिर्गौला फेल भएका सल्यानका हेमन्त सिंह ठकुरीलाई सांगितिक लगायतका कार्यक्रमबाट डेढ लाख बढि सहयोग जुटेको छ । एकता युवा क्लब र परोपकार ब्रदर्सले शुक्रबार नेपालगन्जको सिएसटी होटलमा आयोजना गरेको सांगितिक कार्यक्रमबाट १ लाख ५० हजार संकलन भएको छ । कार्यक्रममा नेपाल आइडल २ का विजेता रवि ओड, लोक गायिका निर्मला थापामगर, पप गायक/गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगर पनि आ









