कर्णालीमा समायोजन बारे दाङ्ग–‘बाँके बर्दियाको संवेदशिलता बुझ’


नेपालगञ्ज १२ पुस – बाँके बर्दियालाई कर्णालीमा समायोजन गर्ने अभियानका बारेमा दाङ्गमा समेत तरङ्ग उत्पन्न भएको छ । सर्वसाधारणदेखि संचारमाध्यममा यो मुद्दाले प्राथमिकता पाएको छ । बहस र छलफल निरन्तर भइरहेका छन् ।

बाँके र बर्दियालाई कर्णालीमा समायोजन गराउने अभियानका लागी समिति बन्यो

बाँके र बर्दिया जस्तै दाङ्गले पनि अहिलेको प्रदेश ५ को बनावटप्रति असन्तुष्ट जनाएको छ । बुटवल राजधानी बन्ने अवस्था आए आन्दोेलित हुने निश्चितप्राय छ । साविकको मध्यपश्चिम विकास क्षेत्रमा रहेका बाँके, बर्दिया, दाङ्ग आर्थिक, सामाजिक र राजनीतिक रुपमा निकट सम्बन्ध भएका जिल्ला हुन । प्रदेश बिभाजन पछि यि जिल्लाहरु आफ्नो भविष्य बारेमा चिन्तित छन् ।

दाङ्गमा प्रकाशित हुने नयाँ युगबोध दैनिकले पुस ११ गते ‘बाँके बर्दियाको संवेदशिलता बुझ’ शिर्षकमा प्रकाशित गरेको सम्पादकीय मनन्योग्य छ । बाँके बर्दिया कर्णालीमा समायोजन गर्नुपर्छ भन्दै नेपालगन्जका मेयरकै अगुवाईमा छलफल हुँदै आन्दोलनको तयारी गर्दा उक्त पत्रिकाले प्रकाशित गरेको सम्पादकीयले दङ्गाली जनताको मनोभावना प्रकट गरेको नमान्न सम्भवत कोही तयार नहोलान् !

विकास गर्न छाडेर प्रदेश समायोजनको बेमौसमी बाजा बजाइयो–पूर्व मन्त्री राई

उक्त पत्रिकाको सम्पादकीयमा पश्चिमको आर्थिक शहर नेपालगञ्जको भविष्य सुनिश्चित गर्न राज्यका निकायले गम्भीरतापूर्वक लिनुपर्ने सुझाएको छ । बाँके र बर्दियाले दाङ्गसम्म राजधानी कायम गरे त्यसलाई स्वीकार गर्न सक्ने उल्लेख गर्दै सम्पादकीयमा अन्यथा आन्दोलनमा जाने बाँके र बर्दियाको मनस्थितीप्रति चिन्ता प्रकट गरिएको छ ।

चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?

पायक पर्ने स्थानमा राजधानी तोकेर बाँके, बर्दियालाई राजनीतिक नेतृत्वले बिश्वासमा लिन सके अहिलेको प्रदेश बिभाजनको सन्तुलन नबिग्रिने सुझाव समेत दिइएको छ । आफ्नो भविष्यप्रति बाँके र बर्दियाले गरेको चिन्ता जायज भएको तर्क गर्दै सम्पादकीयमा तर प्रदेशको राजधानी नतोक्दा सम्म आन्दोेलनको हतारो नगर्न सुझाव समेत दिइएको छ । उक्त सम्पादकीयप्रति टिप्पणी गर्दै दाङ्गका सर्वसाधारणले दाङ्गबाट रुकुम र सल्यान टुक्राएर र कर्णालीबाट बाँके, बर्दिया टुक्राएर गल्ती गरेको औल्याइएको छ ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार ०९:२८  |