बाँके १८ साउन : आईतवार बिहान १२ बजेदेखि बाँकेमा निषेधाज्ञा लागु भएको छ । जिल्लास्तरिय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठक बसी आइतवारदेखि ३ दिनसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यस क्रममा बैंक तथा वित्तीय संस्था समेत बन्द रहने छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले समुदायस्तरका कोरोना फैलिएका कारण निषेधाज्ञा गरिएको जनाएका छन् । निषेधाज्ञा पछि बिहानैदेखि बाँके सुनसान रहेको छ ।

आईतवारदेखि बाँकेमा लकडाउन : यि क्षेत्र मात्र सन्चालन गर्न दिइने