- जागेश्वर सिंह थारु
खजुरा ३२ साउन : बाँकेको खजुरामा ड्रागन फ्रुटको उत्पादन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्किएका खजुरा –४ का तिलक मगरले ड्रागन फ्रुटको १० बोटबाट बर्षिक ५० देखि ६० हजार सम्म आम्दानी गर्न सफल भएका छन् ।
करिब ६ बर्ष वैदेशिक रोजगारमा ड्रागन खेतिमा काम गरेर घर फर्केका तिलकले मालेसियाबाटै १ बोट मात्रै विरुवा लिएर आएका थिए तर कलमी गरेर शुरुमा १० बोट बनाएर खेती शुरु गरे ।
गरे केहि असम्भव छैन, नगरे भन्न सकिन्न, मेहनेतीले घरमै पैसा फलाउँछन् । पैसा छाप्ने मेसिन चहिनदैन् भन्ने उक्ती तिलकका लागि चरितार्थ भएको छ । कोहि विदेशबाट सिप लिएर आए कोहि स्वादेशमै सिप लिएर कृर्षि कर्म गरिरहेका छन् ।
मगरले ६ बर्ष विदेशमा ड्रागन फ्रुटको काम गरेर १ बोट ड्रागन फ्रुट लिएर नेपाल फर्केका थिए तर अहिले उनि सँग १ सय १० ओट ड्रागनको रोपी सकेका छन् । उनले पहिले लगाएको १० बोट ड्राईगनका विरुवाबाट ४० हजार आम्दानी गरेका थिए तर यो बर्ष १ सय विरुवा थप गरेको मगरले बताए ।
उनले बाहिर काम गर्ने भएकोले समय नदिन सकेर ड्रागनको हेरचह उनको बहिनिले गरिरहेकी छिन् । उनिहरुले घरबाटै ६ सय प्रति केजिका दरले बिक्रि गरेको जानकारी दिइन । उनिसँग सेतो र पिंक गरि २ किसिमको ड्रागनका बिरुवा लगाएको कविता थापाले बताइन ।
नेपालमा भर्खर शुरुमा आएको र स्वास्थ्यको लागि लाभदयिक भएकोले गाँउपालिकाले यसलाई प्रोत्सहन गर्ने भएको छ । पालिकाले आर्थिक, प्रबिधिक रुपले यसलाई अगाडि बढाउने गाँउपालिका कृर्षि शाखाका प्रबिधिक अंकित विश्वाकर्माले बताए ।
पालिका लाई नामुना गाँउपालिका बनाउने योजना भएकोले यसलाई मुख्य रुपमा लिए अगाडि बढाउने योजना रहेको छ । तर राज्यबाटै यस्ता नयाँ जातका बिरुवामा किसानहरुलाई प्रोत्सहन गर्न सके देशकै आर्थिक क्षेत्रमा टेवा पुग्ने देखिन्छ ।