नेपालगन्ज १० असोज : बाँकेका निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद एवं पूर्वमन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाकै कारण स्थानीय पूर्वाधार विकास साझेदारीको डेढ करोड फ्रिज भएको दावी गरेका छन् ।
भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि रकम उपलब्ध गराएको उक्त रकम फ्रिज भएपछि सांसद राई र नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाबचि आरोप प्रत्यारोपण चलिरहेका बेला सांसद राईले बुधवार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन ।
उनले फ्रिज नहुने गरी बजेटको व्यवस्था गर्दा समेत उपमहानगरपालिकाले रकम निकासा गर्न चासो नदिएको बताए ।
उनले उपमहानगरपालिकाले त्यति ठूलो रकम फ्रिज हुने अवस्थामा पुर्याएका कारण माफी माग्नुपर्नेमा उपमहानगरपालिकाले गल्ती ढाकछोप गरिरहेको बताएका छन् ।
उपमहानगरपालिकाले सहजै उक्त रकम झिक्न सक्ने भए पनि लापरवाही गरेको बताए ।
सांसद राईले रकमका विषयमा उपमहानगरपालिकाले कुनै चासो नदिएकाले भेरी अस्पताललाई भेन्टिलेटर व्यवस्था गर्नबाट बन्चित गरेको स्पष्ट पारे ।
सांसद राईले हाईमाष्ट लाइटका विषयमा पनि अनावश्यक आरोप लगाइएको भन्दै ध्यानार्कषण भएको जनाएका छन् ।
मन्त्री राईले सहरी विकास मन्त्री हुँदा अन्यत्र क्षेत्रको बजेट ल्याएर आफ्नो क्षेत्रमा ल्याउँदा समेत सुःख नपाएको बताए । उनले
बजेट कार्यान्वयन गर्नुहुँदैन भन्ने मानसिकता देख्दा ठिट लागेको बताउँदै जिल्लाको विकासका लागि आफुले सबैसंग हातेमालो गर्न तयार रहेको पनि जनाए ।