भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा संचालित कोरोना विशेष अस्पतालमा बेड नपाई बिरामी छट्पटाई रहेको बेला उद्योग बाणिज्य संघले निषेधाज्ञा हटाउने माग गरेको छ । सुझाव पाउ !!
बाँके २५ भदौ : निषेधाज्ञाका विषयमा बाँकेका सार्वजनिकरुपमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग र निजीक्षेत्रबीच विवाद उत्पन्न भएको छ ।
कोभिड नियन्त्रण अभियानमा हालसम्म दुबै पक्षबीचको सहकार्य रहँदै आएकोमा अब भने उनीहरुबीच सार्वजनिकरुपमा तितो पोख्ने गरी टिकाटिप्पणी शुरु भएको छ ।
हरेक हप्ता शुक्रवार र शनिवार लागु गरिएको निषेधाज्ञाका विषयलाई लिएर पछिल्लो समय विवाद उत्पन्न भएको हो । निजीक्षेत्र मात्र होइन सर्वसाधारणले समेत हप्तामा दुई दिन गरिदै आएको निषेधाज्ञाको औचित्य माथि उठाएका छन् । तर यता हरेक दिन जसो ४० जना जति संक्रमति थपिएकाले निषेधाज्ञा गर्नुको बिकल्प नभएको प्रशासनको भनाई छ ।
दुई दिन गरिएको निषेधाका विषयमा भइरहेका टिकाटिप्प्णीका बीच बाँकेका सिडीओ कुरुम्बागंले दिउँसो सामाजिक सन्जालमा जोखिम बढेका कारण निषेधाज्ञा नहट्ने स्पष्ट पारे । दिउँसो पूर्वनिर्धारित नेपालगन्ज उद्योग वाणिज्य संघको बैठकले निषेधाज्ञा मात्र होइन सअोज १ गतेबाट पूर्णरुपमा लकडाउन अन्त्य गर्नुपर्ने निर्णय गर्यो ।
लामो समयदेखिको लकडाउनले सबै क्षेत्र तहसहन भइरहेको भन्दै संघले अब लकडाउन अन्त्य गर्नुपर्ने माग तेर्सायो । उक्त निर्णय सम्बन्धी समाचार मिडियामा प्रकाशित भए लगत्तै सांझ सिडीओ कुरुम्बागंले प्रतिक्रिया दिदै सुझाव मागे,- भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा संचालित कोरोना विशेष अस्पतालमा बेड नपाई बिरामी छट्पटाई रहेको बेला उद्योग बाणिज्य संघले निषेधाज्ञा हटाउने माग गरेको छ । सुझाव पाउ !!
संघद्धारा असोज १ पछि आन्तरिकरुपमा पूर्णरुपमा लकडाउन र निषेधाज्ञा हटाउन माग
निजीक्षेत्रको आशय-दुई दिने निषेधज्ञा हटाए हुने, तर सिडीओ भन्छन्…..