नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतले बैंकका कर्मचारी, सुन व्यवसायी मात्र होइन सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर केके बिरुद्ध पनि मुद्दा दर्ता गरेको हो । उनी बिरुद्ध १ करोड २५ लाखको विगो दावी गरिएको छ । केके नेपालगन्जमा नाम चलेका इन्जिनियर हुन । यसमा केकेले आफ्नो पक्ष राख्न बाँकी छ ।
त्रिभुवनचोक बैंक ठगी प्रकरण : ८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले बैंकका तत्कालिन शाखा प्रबन्धक ललित बहादुर शाही,सहायक नगद कल बहादुर ओली क्षेत्री,तत्कालीन उपप्रमुख होताराम योगी,सहायक नगद प्रिन्सी गुप्ता,रिजवान अहमद जसगढ,सकिना जसगढ,फहमिदा बानो जसगढ,सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर केके बिरुद्ध मुद्दा दर्ता गरेको हो ।