फरक बिलिङले समस्यामा खजुराका साना उद्योगी,पुरानाे शुल्क तत्काल बुझाउन विद्युतको ताकेता


नेपालगन्ज -बुझाईसकेको विद्युत महसुलमा अझै थप बुझाउनु पर्ने भनि साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेपछि घरेलु तथा साना उद्योग महासंघ बाँकेले विद्युत प्राधिकरण नेपालगञ्जको ध्यानाकर्षण गराएको छ ।
विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन प्राधिकरणको लिखित ध्यानाकर्षण गराईएको हो ।
नेपाल घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अध्यक्ष मधु खड्काले विद्युत प्राधिकरण नेपालगञ्जलाई बुझाउनु भएको ध्यानाकर्षण पत्रमा साना उद्योगको विद्युत मिटर दर्ता गर्दा औद्योगिक साना हुनुपर्नेमा प्राधिकरणको गलतीले औद्योगिक ग्रामिण तथा घरेलु वर्गमा गरिएकोले विल कम आएको र सोही बमोजिम जम्मा गरिएको जनाईएको छ ।


ध्यानाकर्षण पत्रमा भनिएको छ– खजुरा गाउँपालिका अन्तर्गतका १०५ जना उद्योगीहरुलाई बांकी बक्यौता बिद्युत महशुल बुझाउन भनि पठाइएको पत्रको बारेमा बुझ्दा, नेपाल बिद्युत प्राधिकरण बाट मिटर दर्ता गर्दा ÷गराउदा त्यस कार्यालयको प्राविधिक कमजोरीका कारण औधोगिक साना हुनु पर्नेमा औधोगिक ग्रामिण तथा घरेलु वर्गमा बिलिङ भएकाले उद्योगीहरुले कम बिल तिरीरहेको र हाल विद्युत प्राधिकरणले छानविन तथा अनुसन्धान गर्दा त्यस कार्यालयले बाकी बक्यौता रकम बुझाउन उद्योगीहरुलाई पत्र पठाइएको हुदां उद्योगीहरु पिडामा परेको र यस बिषयमा उद्योगीहरुको कुनै कमिकमजोरी नभएको हुदां त्यस सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन ध्यानाकर्षण गर्दछौ ।
विद्युत प्राधिकरणको आफ्नै गल्तीले गर्दा १०५ जना उद्योगीहरु समस्यामा परेकोले सो ध्यानाकर्षण गराईएको अध्यक्ष खड्काले बताउनुभयो ।

प्रकाशित मितिः     ८ पुष २०७८, बिहीबार १६:४४  |