यसपालीको दशैंमा यातायात क्षेत्रमा देखिदै छन् यी ८ फरक
कोरोना महामारीका कारण यसपालीको दशैं विगतको जस्तो हर्षोल्लास नहुने संकेत छ । सामान्य अवस्था हुँदो हो त यतिबेला परदेशी घर फर्किने र सहरबासी गाउँ फर्कनेको लर्को देखिन्थ्यो । यद्यपि विश्वभर महामारीको रुपमा देखिएको कोरोनाका कारण यसवर्ष न परदेशी घरदेश आउन सकेका छन् नत सहरीयाहरु सहज ढंगले घर फर्कन नै पाएका छन् ।
त्यसो त यसवर्ष हरेक क्षेत्रमा कोरोनाको प्रभाव देखिएको छ । अझै बढी त यातायात क्षेत्रमा









