चेक बाउन्स मुद्दा बढे
नेपालगन्ज १८ पुष । बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्स लगायत रकम ठगीका उजुरीहरु परिरहेका छन् । आर्थिक अपराधसंग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ ।
बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलाले कोहलपुर —१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दामा ७ दिन कैद र रु ८ लाख जरिवाना तोकिएको






