कृषिका लागि माेटर बाटाे नभएको जग्गालाई धिताे स्विकार्न निर्देशन
नेपालगन्ज - २० लाख रुपैयाँ सम्मकाे कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस प्रकारको कर्जा दिन कसैले आनाकानी गरेमा गुनासो टिपाउन पनि आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्