बैंकहरुको घट्यो ब्याजदर, कर्जा सस्तियो
काठमाडौं । बैंकहरुले दिने कर्जाको औसत ब्याजदर घटेको छ । चालु आर्थिक वर्षको साउनमा कर्जाको औसत ब्याजदर १०.४७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जाको ब्याजदर १२ प्रतिशत थियो ।
आधारदर कम भएपछि कर्जाको ब्याजदर घटेको हो । बैंकहरुको आधारदर ८.०८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा आधारदर ९.४५ प्रतिशत थियो । वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पनि घटेको छ ।
सा









