ग्रामिण भेगमा सेवा पुर्याउन शनिबारबाट लघु घुम्ती बीमा
काठमाडौँ । बीमा समितिले लघु बीमालाई प्रोत्साहन गर्न पाइलट प्रोजेक्टको रुपमा घुम्ती बीमा कार्यक्रम संचालन गर्ने भएको छ । शाखा रहित बैंकिङ सेवा जस्तै घरदैलोमा पुगेर सेवा दिन पाइलट प्रोजेक्ट सुरु गर्न लागिएको बीमा समितिले जनाएको छ ।
साना छरिएर रहेको पूँजीलाई एकिकृत गर्न र तल्लो स्तरका किसानको जीवन स्तर उकास्न प्रोजेक्ट उपयोगी हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘घुम्ती बीमा कार्यक









