नेपाल बैंकको प्रमुख कार्यकारीमा १४ को आवेदन: तीन सरकारी बैंकको बोलबाला, को को कस्ता?
काठमाडौं। नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको छ। अधिकांस आवेदकहरु नेपाल बैंक, राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकका बहालवाला र अवकाशप्राप्त छन्। निजी क्षेत्रका बैंकबाट आवेदन दिने न्युन छन्। आवेदकमध्ये अधिकांस कम सुनिएका/चिनिएकाहरु छन्। बैंककै कामु प्रमुख कार्यकारी अधिकृत भएर चलाइरहेका कृष्णबहादुर अधिकारीले पनि आवेदन दिएका छन्। प्रमुख कार्यकारीले मासिक तीन लाख रुपैयाँ त









