जीवन बीमा : मृत्य पछिका लागि मात्र होइन, जिउने साहारा पनि हो
जीवन बीमा बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समयअवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । जीवन बी