निर्वाचन सकिएलगत्तै सरकारद्वारा धमाधम पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलिमय पदार्थमा भारी मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा भारी मूल्य बढाएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ बढाएको छ। यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ भने हवाई इन









