ब्रेकिङ न्यूज

जनप्रतिनिधि र कर्मचारी कोरोनाका कारण मृत्यु भएमा रु १५ लाख दिने निर्णय

जनप्रतिनिधि र कर्मचारी कोरोनाका कारण मृत्यु भएमा रु १५ लाख दिने निर्णय

   
नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले कोरोना संक्रमण कोभिड १९ को कारण मृत्यु हुने जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई रु १५ लाख राहत उपलब्ध गराउने भएको छ । शनिवार मेयर धवल शम्सेर राणाको अध्यक्षतामा बसेको बैठकले राहत दिने, निःशुल्क भण्डारा लगाउने लगायतका निर्णय गरेको छ । हेर्नुहोस् निर्णय
बिपन्नलाई खाना खुवाउन भण्डारा लगाउँदै उपमहानगर, लकडाउनमा कसरी हुन्छ व्यवस्थापन ?

बिपन्नलाई खाना खुवाउन भण्डारा लगाउँदै उपमहानगर, लकडाउनमा कसरी हुन्छ व्यवस्थापन ?

   
नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाको शनिवार बसेको बोर्ड बैठकले बिपन्न परिवारलाई सामूहिक भोजन खुवाउने भएको छ । त्यसका लागि बागेश्वरी पार्क,हडियाबाबा,रामलिला मैदान,राँझाको आदर्श मावि, कोरियनपुरको बगियामा स्थान तोक्ने तयारी भइरहेको वडा नंं २ का अध्यक्ष सुनिल सिंह हमालले बताए । राहतको पहुँचमा नपुगेका परिवारका लागि लक्षित गरेर यस्तो भोजनको व्यवस्था गर्न लागिएको छ । उक्त कार्यका लागि जिल
लक डाउनमा लघुवित्तहरु के गरिरहेका छन् ?

लक डाउनमा लघुवित्तहरु के गरिरहेका छन् ?

   
कोरोना भाइरस (कोभिड -१९)का कारण यतिबेला विश्वव्यापी त्रास फैलिएको अवस्था छ । नेपालमा पनि संक्रमण फैलिन नदिन लक डाउन घोषणा गरिएको छ । लामो समयको लक डाउनका कारण देशको अर्थतन्त्र प्रभावित बनेको अवस्था छ । बैंकिङ क्षेत्रमा पनि यसको गहिरो प्रभाव परेको छ । विपन्न वर्गमा लक्षित लघुवित्त क्षेत्रमा यसको असर झन् बढी रहेको छ । भाइरसको सन्त्रासका कारण काम गर्ने वातावरण नभएपछि लघुवित्तकर्मीहरु संस्था बन्द गरेर
मुख्यमन्त्रीलाई पालिका प्रमुखको सुझाव-लकडाउनको सीमा बढाउँ

मुख्यमन्त्रीलाई पालिका प्रमुखको सुझाव-लकडाउनको सीमा बढाउँ

   
नेपालगन्ज २८ चैत : कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे शुक्रवार मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभयो । पालिका प्रमुखहरुले लकडाउनको समयसीमा अझै बढाउन र कडाई गर्न पनि आवश्यक रहेको मुख्यमन्त्रीलाई सुझाव दिनुभएकोछ । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्र
निजीक्षेत्र पुर्नउद्धारका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई दियो पाँच सुझाव

निजीक्षेत्र पुर्नउद्धारका लागि उद्योग वाणिज्य महासंघले सरकारलाई दियो पाँच सुझाव

   
काठमाडौं,चैत २८ – नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसले परेको प्रभावबाट बचाउन आर्थिक पुनरुद्धारको माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पदाधिकारीहरू सहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर कोरोना भाइरसले परेको प्रभावका कारण आर्थिक पुनरुद्धारका लागि सुझाव दिँदै राहत माग गरेको हो । कोभिड १९ को रोकथाम र न
कर्णाली प्रदेशको बिपद् कोषमा भाटभटेनीको रु २५ लाख सहयोग

कर्णाली प्रदेशको बिपद् कोषमा भाटभटेनीको रु २५ लाख सहयोग

   
नेपालगन्ज २८ चैत : कर्णाली प्रदेश सरकारको कोरोना भाइरस संक्रमण बिरुद्ध निर्माण गरेको कोषमा भाटभटेनी सुपरमार्केटले रु २५ लाख आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक काठमाण्डौंमा वनमन्त्री शक्ति बहादुर बस्नेतलाई भाभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले हस्तान्तरण गरे । संघीय सरकारलाई रु १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो । वन मन्त्री बस्नेतल
जनार्दन शर्माको अगुवाईमा रुकुममा यसरी बन्दै छ सुविधा सम्पन्न आइसोलेसन नयाँ भवन

जनार्दन शर्माको अगुवाईमा रुकुममा यसरी बन्दै छ सुविधा सम्पन्न आइसोलेसन नयाँ भवन

   
नेपालगन्ज २८ चैत : नेकपाका नेता जनार्दन शर्माको नेतृत्वमा रुकुम पश्चिममा दश दिनभत्र आठ कोठे आइसोलेसन भवन निर्माणको काम धमाधम भइरहेको छ । त्यसका लागि नेता शर्मा स्वयं पनि काममा खटिएका छन् । आइसोलेशन भवन निर्माण शुरु भएको तीन दिन भएको छ । नेता शर्माले सामाजिक सन्जालमा रातमा बत्ती बालेर भवन निर्माणका लागि भइरहेको कामको तस्विर साझा गरेका छन् । शर्माले लेखेका छन्,- हामी पनि सक्छौ र सक्नुपर
शुक्रवार कोरियनपुरको राहत भेरी प्राविधिक शिक्षालयबाट वितरण हुँदै

शुक्रवार कोरियनपुरको राहत भेरी प्राविधिक शिक्षालयबाट वितरण हुँदै

   
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा २ सय ६० घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरिएको छ । सामाजिक दुरि कायम गरि पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्टम लागु गरि राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहायहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. १२ का वडा सदस्य तरुण बज्राचार्यले
‘म्यानेजर अफ द इयर’ किरण कुमार श्रेष्ठ राबा बैंकको सीइओमा पुनःनियुक्त

‘म्यानेजर अफ द इयर’ किरण कुमार श्रेष्ठ राबा बैंकको सीइओमा पुनःनियुक्त

   
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा दोश्रो कार्यकाल पनि निरन्तरता पाएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा निरन्तरता दिने निर्णय गरेको हो । सीइओ श्रेष्ठको पहिलो कार्यकाल यही चैत